Posts

Showing posts from August, 2025

भ्रष्टाचार, बेरोजगारी र आशा: पीडामा डुबेको तर सम्भावनाले भरिएको नेपाल

Image
  यो लेखमा प्रयोग भएको डाटाहरु मैले इन्टरनेट बाट खोजेर राखेको छु, जुन लगभग सहि छ । हिमालको काखमा फैलिएको सुन्दरता , जहाँ हिउँले ढाकिएका चुचुराहरू आकाशलाई छुन खोज्छन् र लालीगुराँसले जङ्गल सजाउँछ , त्यही भूमिमा बुद्धको जन्मभूमि नेपाल अवस्थित छ। तर यो प्राकृतिक रमणीयताभित्र लुकेको यथार्थ भने पीडाले भरिएको छ। यो कथा हो लाखौँ आमाबुबाको , जसले आफ्नो पेट काटेर छोराछोरीलाई पढाए तर तिनै छोराछोरी बेरोजगारीको दलदलमा डुबेर या त परदेशतिर सस्तो श्रम बेच्न बाध्य भए। यो कथा हो ति युवाहरूको जसले विश्वविद्यालयबाट डिग्री लिएर पुल निर्माण गर्ने , नदीबाट बिजुली निकाल्ने , गाउँहरूमा उज्यालो र विकास ल्याउने सपना देखे तर व्यवस्था , राजनीति र भ्रष्टाचारको भूतले उनीहरूको सीपलाई खिया लागेको औजारझैँ प्रयोगविहीन बनाइदियो। बेरोजगारीको आँकडा केवल कागजमा सीमित तथ्य होइन , यो भविष्य चोर्ने चोर हो जसले उत्साहलाई निराशामा र आशालाई असहायतामा परिणत गरिरहेको छ। २०२४ मा बेरोजगारी दर १० . ७ प्रतिशत पुगेको तथ...

शैक्षिक माफियालाई चुनौती दिने लालबन्दीको सरकारी विद्यालय

Image
  यो लेख मेरो व्यक्तिगत अनुभव ( बाहिरी पूर्वाधार हेरेको ) र इन्टरनेट रिसर्चमा आधारित छ । यो लेख मात्र होइन , मधेश प्रदेशमा शिक्षा क्षेत्रमा शैक्षिक माफिया र शैक्षिक लुटेराहरुको लागि एउटा सिकाइ पनि हो । विकास गर्न चाहे के सम्भव छैन र ? एक त यसै मधेश प्रदेशमा शिक्षाको अवस्था जिर्ण छ र त्यसमा पनि सरकारी स्कुलको अवस्था झन जिर्ण । यो त्यसो भएको होइन , बनाइएको हो । यत्रो एन . जि . ओ , आइ एन जि ओ र सरकारको लगानी छ तर पनि के सुधार भएको हो । सुधार गर्नको लागि मानसिकता हुनुपरयो । काम गर्दैन , यो पुगेन , त्यो पुगेन मात्र कराउने हो । नेपालका सरकारी विद्यालयहरूको बारेमा धेरैको सोचाइ एउटै हुन्छ — साना भवनहरू , जीर्ण भौतिक संरचना , पुराना कुर्सी – टेबल , र सीमित शैक्षिक अवसरहरू । यो सोचाइ कुनै हदसम्म सही पनि छ , किनकि देशका धेरै सरकारी विद्यालयहरू अझै पनि आधारभूत पूर्वाधार र गुणस्तरीय शिक्षाको अभावमा संघर्ष गरिरहेका छन । तर , मलाई यो सोचाइ बदल्ने एउटा अवसर मिल्यो ...