"दयाको स्पर्श: सानो कर्म, ठूलो परिवर्तन"

"दयाको स्पर्श: सानो कर्म, ठूलो परिवर्तन" आजको युग प्रगतिको हो — जहाँ सबैजना दौडिरहेका छन्। कोहि करियरको दौडमा छन्, कोहि पैसाको, त कोहि प्रतिष्ठाको। हामी यति व्यस्त भएका छौं कि हाम्रो वरिपरिका मान्छेहरू, उनीहरूको भावना, पीडा र आवश्यकतालाई महसुस गर्न पनि भ्याउँदैनौं। तर यस तीव्र गतिमा पनि एउटा यस्तो भावना छ जसले हामीलाई मानव बनाइरहेको छ — दयाको भावना। दया न त महँगो हुन्छ, न त समय खपत, तर यसको प्रभाव गहिरो, स्थायी र परिवर्तनकारी हुन्छ। सानो मुस्कान, सहानुभूतिको नजर, समय दिएर सुनिदिनु — यी सबै स साना तर शक्तिशाली कार्य हुन्, जसले कसैको जीवन बदल्नमा सहायता गर्दछ दयाको वास्तविक अर्थ के हो ? दया भन्नाले केवल सहानुभूति मात्र होइन , त्यो त केवल सुरुवात हो। दयाले हामीलाई अरूको भावनासँग आत्मीय सम्बन्ध बनाइदिन्छ। दया भनेको हो : कसैको दु : खमा मौन साथ दिनु , स्वार्थबिना सहयोगको हात बढाउनु , अरूलाई अप्ठ्यारोमा देख्दा मनबाट चिसो महसुस गर्नु , कसैको गरिबी वा अशक्तताको मजाक नगरी , सम्मानसाथ व्यवहार गर्नु। दयालु व्यवहार कु...