Posts

Showing posts from December, 2021

भ्रष्टाचार नियन्त्रण गर्नका लागि अपनाइने उपायहरु

 परिचय भ्रष्टाचार भनेको निजी लाभको लागि सुम्पिएको शक्तिको दुरुपयोग गर्नु बुझिन्छ । भ्रष्टाचारले लोकतन्त्रलाई कमजोर बनाउँनुको साथै देशको आर्थिक विकासमा बाधा पु ¥ याउँछ । यसले देशमा असमानता , गरिबी , सामाजिक विभाजन र वातावरणीय संकटलाई अझ बढाउँछ । भ्रष्टाचारको विरुद्धमा लड्नको लागी कुनै पनि देशले स्पेशल प्रकारको बुलेट चाहि बनाउन सकेको छैन । विश्वमा धेरै देशहरूले भ्रष्टाचार नियन्त्रण गर्न विभिन्न प्रकारका क्रियाकलापहरु गरिरहेका छन तर पनि यसको नियन्त्रणमा पूर्णरुपले सफलता हासिल गर्न सकेको छैन । भ्रष्टाचार विरुद्धको लडाईमा नागरिक र सरकार दुवैको उतिकै महत्वपूर्ण भुमिका हुन्छन । यहाँ भ्रष्टाचार नियन्त्रण गर्न सकने केहि तरिकाहरुलाइ वर्णन गरिएको छ । १ . दण्डहीनताको अन्त्य भ्रष्ट व्यक्तिलाई दण्डित गर्न र दण्डहीनताको चक्रलाई तोड्न प्रभावकारी कानूनको कार्यान्वयन आवश्यक छ । कानुन बलियो र सबैको लागि समान भयो भने केही हद सम भ्रष्टाचारलाइ नियन्त्रण गर्न सकिन्छ । २ . सार्वजनिक